सुनसरी, जेठ १ । सुनसरीको दुहबीमा नेकपा एमाले र नेपाली कांग्रेसका मेयरका उम्मेदवारमा कडा प्रतिस्पर्धा देखिएको छ । यता उपमेयरमा कांग्रेस अगाडि देखिएको छ । नेकपा एमालेबाट मेयरका उम्मेदवार बिनय कुमार पोखरेलले २ हजार ५२ मत ल्याएर अग्रता लिनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बेदनारायण गच्छदारले १९ सय ४८ मत प्राप्त गरी पोखरेललाई पच्छ्याइरहनु भएको छ । उपमेयरमा नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार मेनुका पोखरेल खतिवडाले १८ सय २६ मत प्राप्त गर्नुभएको छ भने जनता समाजवादी पार्टी र नेकपा एमालेबाट गठबन्धन गरेका जसपाबाट उपमेयरका उम्मेदवार सरोज कुमार सिंहले ८ सय २९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी जनमत पार्टीबाट मेयरका उम्मेदवारले १ सय ४७ मत प्राप्त गरेका छन । यस्तै राप्रपाबाट मेयरका उम्मेदवारले ७७ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रबाट मेयरका उम्मेदवारले ४४ मत प्राप्त गर्नुभएको छ। स्वतन्त्रबाट मेयरका उम्मेदवारहरुले क्रमस ३२ र १९ मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाबाट उपमेयरका उम्मेदवारले १ सय ६० मत प्राप्त गर्नुभयो। लोसपाबाट उपमेयरका उम्मेदवारले ७० र माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले ५४ मत प्राप्त गरेका छन । अहिले दुहबी वडा नम्बर २, ३ र १२ को मतगणना भइरहेको छ ।

अहिले सम्म दुहबी वडा नम्बर १ बाट नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार अजुल हुसैन ९ सय २९ मत सहित वडाअध्यक्षमा बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जाकिर मियाँले ८ सय १३ मत प्राप्त गर्नुभयो । २०७४ सालको स्थानिय चुनावमा नेकपा एमालेबाट अजुल हुसैन दुहबी वडा नम्वर १ मा ५ सय ४८ मत सहित वडाअध्यक्षमा बिजयी हुनुभएको थियो ।
२०७४ सालको स्थानिय चुनावमा नेपाली कांग्रेसबाट अरविन्द बिश्वासले दुहबी वडा नम्वर २ मा २ सय ८३ मत सहित वडाअध्यक्षमा बिजयी हुनुभएको थियो भने हाल नेपाली कांग्रेसबाट वडाअध्यक्षको उम्मेदवारमा दुहबी २ नम्बर वडामा ४ सय ६३ मत सहित अग्र स्थानमा छन् ।
२०७४ सालको स्थानिय चुनावमा नेकपा एमालेबाट माधव भण्डारीले दुहबी वडा नम्वर ३ मा ५ सय ४० मत सहित वडाअध्यक्षमा बिजयी हुनुभएको थियो । हाल नेकपा एमाले ३ नम्बर वडामा ३ सय ८८ मत सहित अग्र स्थानमा छ । २०७४ सालको स्थानीय चुनावमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाअध्यक्षमा खुसीलाल चौधरीले दुहबी वडा नम्वर १२ मा ९ सय ९० मत सहित वडाअध्यक्षमा बिजयी हुनुभएको थियो भने हाल नेपाली कांग्रेसबाट १२ नम्बर वडामा २ सय ७६ मत सहित दोश्रो स्थानमा छ । दुहवी कांग्रेस नेता बिजयकुमार गच्छद्धारको गृहनगर हो ।













प्रतिक्रिया दिनुहोस्