काठमाडौं, जेठ १ । मेयर केशव स्थापित पछाडि परिरहेको बेला काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले वडाध्यक्ष जितेर विजयी सुरुआत गरेको छ । मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गर्नुभएको छ । बिजयी भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष हुनुहुन्थ्यो ।
काठमाडौं महानगरको वडा नम्बर १ बाट मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहले ७८३ मत पाउनु भएको छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापतले ३६५ र कांग्रेसकी सिर्जना सिंहले ४५१ मत पाउनु भएको छ । मेयरमा राप्रपाले १ सय मत पाएको छ । मेयरमा कम आए पनि वडाध्यक्षमा भने एमाले उम्मेदवार बिजयी हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्