चितवन, जेठ १ । मुलुककै ध्यान खिचेको भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बढाउनु भएको छ । सुवेदीले २५४९ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहालले २५३० मत ल्याउनु भएको छ ।
एमाले उम्मेदवार विजयले समग्रमा १९ मतको अग्रता लिनुभएको हो । यसैगरी कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवार बन्नुभएका जगन्नाथ पौडेलले ८३० मत ल्याउनु भएको छ । उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मतका साथ फराकिलो अग्रता लिनुभएको छ भने राप्रपाकी हिमला गुरुङले १९७५ मत ल्याउनु भएको छ ।
निर्वाचन आयोगका अनुसार अहिले वडा नम्बर २ को मतगणना जारी छ । वडा अध्यक्षमा कांग्रेसले १३ मतले अग्रता लिइरहेको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ९ सय ७५ मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्