जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार ०७:५०

प्रेम आलेले जिताउन सकेनन आफनै पालिका, अध्यक्ष-उपाध्यक्षमा एमाले उम्मेदवार विजयी


डोटी, जेठ नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेको गृह गाउँपालिका डोटीको जोरायलमा नेकपा एमाले विजयी भएको छ।

उक्त गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दुर्गादत्त ओझा विजयी हुनुभएको हो ओझा ३४ सय ४९ मत ल्याएर विजयीहुनुभयो

त्यसैगरी एमालेकै जमुना बोहोरा उपाध्यक्षमा विजयी हुनुभएको बोहोराले  ३५ सय ९९ मतसहित बिजयको झण्डा फहराउनु भएकोहो

अध्यक्षमा पराजित नेपाली कांग्रेसका दीपक विष्टले ३४ सय १२ मत तो उपाध्यक्षमा पराजित चन्द्रकुमारी साउदले ३५ सय १७ मतल्याउनु भएको

नेकपा एमालेका स्थानीय नेता अमृत वली धनुषका अनुसार जोरायलको अध्यक्ष, उपाध्यक्षसहित चारवटा वडामा पूरै प्यानल एमालेलेजितेको हो। वडा , , मा पनि एमालेले जित दर्ता गरेको छ।

त्यहाँ एमालेलाई नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेसले गठबन्धन गरेका थिए। मन्त्री आले जोरायल गाउँपालिकाकोरुवसकाँडाका मतदाता हो