भोजपुर, जेठ २ । पौवादुङमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन । निर्वाचन आयोगका अनुसार मतगणनामा एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी हुनुभएको हो ।
राईले २ हजार ४ सय ९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेलले १६ सय ८८ मत ल्याउनु भएको छ । यस्तै १३ सय ७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो हुनुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २४ सय ६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७ सय ६९ मत प्राप्त गर्नुभएको छ ।
तेस्रो बन्नुभएकी कांग्रेसकी रामकुमारी राईले १३ सय ८७ मत प्राप्त गर्नुभयो । यहाँ सुरूमा माओवादी अध्यक्ष दिएर कांग्रेससँग तालमेल गर्ने जिल्ला नेतृत्वमा सहमति भएपनि वडाको नेतृत्वमा भागबण्डा नमिल्दा गठबन्धन दल एक्लाएक्लै भिडेका थिए ।













प्रतिक्रिया दिनुहोस्