जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार ०८:२८

भोजपुरको साल्पासिलिछोमा एमालेका बागी उम्मेदवारको जित, आधिकारिक उम्मेदवार तेस्रो


भोजपुर, जेठ २ । भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा बागी उम्मेदवार दौलथ कुलुङ विजयी हुनुभएको छ । एमालेबाट टिकट नपाएपछि विद्रोह गरी उम्मेदवारी दिएका दौलथले २४ मतान्तरका साथ जित्नुभएको हो । उहाँले १८१४ मत ल्याउँदा नेपाली कांग्रेसका महेश राई १७८६ मत प्राप्त गर्नुभयो ।

यस्तै एमालेका उम्मेदवार शान्तिबहादुर अधिकारीले १३८३ मत मात्र पाउनु भएको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८६२ मत ल्याएर विजयी हुनुभएको छ । यसअघिको चुनावमा यस पालिकामा नेपाली कांग्रेसबाट महेश राईले जित्नुभएको थियो ।