हेटौंडा, जेठ २ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी विजयी हुनुभएको छ । पुडासैनीले ३ हजार ७२२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्व लाल लामाले ३ हजार ४७२, नेकपा समाजवादीका जीवन लामाले ४७९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा कुमारी लामा विजयी हुनुभएको छ । लामा ३ हजार ७२५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी निर्मला रुम्बाले ३ हजार ६५६ मत प्राप्त गर्नुभएको छ ।
५ वटा वडा रहेको गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगर (७५३), २ नम्बर वडामा नेपाली कांग्रेसका सुमन श्रेष्ठ (११२०), ३ नम्बर वडामा नेकपा एमालेका प्रताप भोम्जन (११७६), ४ नम्बर वडामा नेकपा एमालेका चन्द्र कुमार बल (८०५) र ५ नम्बर वडामा नेपाली कांग्रेसका दुत राज तितुङ (८१७) मतसहित वडा अध्यक्षमा विजयी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्