काठमाडौं, जेठ २ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो मतान्तर झनैफराकिलो बनाउँदै लग्नुभएको छ ।
शाहले करिब तीन हजार मतान्तरले एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पार्नुभएको छ । पछिल्लो परिणाम अनुसार शाहले ६२०७ मत पाउनु भएको छ स्थापितले ३२४३ मत पाउनु भएको छ ।
यसैगरी गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८५ मत पाउनु भएको छ । अहिलेसम्म काठमाडौंको वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ को मत गणना भएको छ ।












प्रतिक्रिया दिनुहोस्