हेटौडा, जेठ २ । मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा एमाले उम्मेदवार हिदम लामा विजयी हुनुभएको छ । आज बिहान सकिएको मतगणनाअनुसार लामा माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई हराउँदै अध्यक्षमा विजयी हुनुभएको हो ।
अध्यक्षमा बिजयी लामाले ५ हजार ५९१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले एमालेकी पार्वती रानालाई १६ मतको अन्तरले पराजित गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्