जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १०:३८

खोटाङको ऐसेलुखर्कको अध्यक्षमा एमाले उम्मेदवार राई बिजयी


खोटाङ, जेठ २ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित हुनुभएको छ । गिरेन्द्र २६०६ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले माओवादी केन्द्र श्रीबहादुर राईलाई पछि पार्नुभएको हो । श्रीबहादुरले २४८० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेसकका राजेशकुमार राजभण्डारी विजयी हुनुभएको छ । उहाँले ३१४६ मत प्राप्त गर्नुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पकला भुजेलले २५९५ मत प्राप्त गर्नुभएको छ । ऐसेलुखर्कमा कांग्रेस र माओवादीबीच तालमेल थियो।