जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार ११:११

दार्चुलाको दुहु गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित


दार्चुला, जेठ २ । दार्चुलाको दुहु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नरेन्द्रबहादुर बडाल निर्वाचित हुनुभएको छ। बडाल दुई हजार ८८६ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुलेन्द्र बहादुर कार्कीले २ हजार ८३१ मत पाउनुभएको छ । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्ति बम दुई हजार ८८४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी एमालेकी तारा केशरी कुँवरले दुई हजार ८४२ मत पाउनुभयो ।