गुल्मी, जेठ २ । गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले ६ हजार ५८६ मत ल्याएर बिजयी हुनुभएको छ । उपाध्यक्षमा पनि नेकपा एमालेकै सावित्रा ज्ञवालीले ६ हजार ४७२ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनन्तराम पौडेल ५ हजार ९४८ मत ल्याउनु भयो भने उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा गुमान सिंह पुन मगर ५ हजार १२४ मत ल्याउनुभएको छ ।
गाउँपालिकाका ६ वटा वडामध्ये ३र३ वटा वडामा नेकपा एमाले र नेपाली कांग्रेसले वडाध्यक्ष जितेका छन् । जसअनुसार वडा नम्बर ३, ४, ६ मा नेकपा एमाले र १, २, ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको हो ।
गाउँपालिकामा १९ हजार २१४ जना मतदाता रहेकोमा १३ हजार ८९ जनाले मतदान गरेका थिए । गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए । यो गाउँपालिकामा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।












प्रतिक्रिया दिनुहोस्