भक्तपुर, जेठ २ । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित हुनुभएको छ । प्रजापति र जोशी दुवै दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
भक्तपुरमा नेमकिपाले आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै जितेको छ। मेयर उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाउनु भएको छ भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाउनु भएको छ ।
मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत मात्रै पाउनु भयो । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मतमै चित्त बुझाउनु परेको छ ।













प्रतिक्रिया दिनुहोस्