सिरहा, जेठ २ । जनता समाजवादी पार्टीको गढ मानिने सिरहाको भगवानपुर गाउँपालिकामा एमाले उम्मेदवार बिजयी भएका छन । जसपाको गढ सो पालिकामा चार वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको हो ।
भगवानपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण यादव विजयी हुनुभएको छ । उहाँले ४ हजार ३०२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत पाउनु भएको छ । यादव २०७४ सालको निर्वाचनमा सो पालिकामा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव विजयी भएकी हुनुभएको छ । यादवले ३ हजार ९६० मतका साथ बिजयको यात्रा निकाल्दा निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादव ३ हजार २१० मतमै सीमित हुनभएको छ । भगवानपुर जसपा नेता एवं पूर्व विनाविभागीय मन्त्री राजलाल यादवको गृहपालिका हो ।
पाँच वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बरर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी हुनुभएको छ । वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्