ललितपुर, जेठ २ । सत्तारुढ गठबन्धनलाई परास्त गर्दै ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेकपा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवार कृष्णमान लामाले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
लामाले गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका गोपिलाल सिंतानलाई पराजित गर्नुभएको हो । सिंतान २०७४ सालमा अध्यक्ष निर्वाचित हुनुभएको थियो । लामालाई सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनाइएको थियो । तर पराजीत हुनुपरेको छ । एमाले उम्मेदवार लामाले ३१०४ मत पाएर विजयी हुँदा गठबन्धनका सिंतानले २५०९ मत मात्रै पाउनु भएको छ ।
उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे बिजयी हुनुभएको छ । घिमिरेले एमालेकी रनिता तामाङलाई पराजीत गर्नुभएको हो । बिजयी घिमिरेले ३२२७ मत पाउनु भएको छ एमाले उम्मेदवार तामाङले २०४८ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्