काठमाडौं, जेठ २ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राख्नुभएको छ । निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवार साहले ६ हजार ३ सय ९८ मतसहित आफ्नो अग्रतालाई फराकिलो बनाउनु भएको हो ।
आयोगले हालसम्म १७ हजार ८ सय ८ मत गणना भएको जनाएको छ । साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पच्छ्याइ रहनुभएको छ । स्थापितले ३ हजार ३ सय ६७ मत पाउनु भएको छ । यस्तै सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २ हजार ९ सय ६७ मत पाउनु भएको छ । आयोगका अनुसार राप्रपाका मदनदास श्रेष्ठले ५९२ मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्