जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १८:३७

सुनिता डंगोललाई सवैभन्दा लोकप्रिय मत, प्रतिस्पर्धी भन्दा ४७ सय २ मतले अगाडि


काठमाडौं, जेठ २ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल प्रतिस्पर्धी भन्दा झण्डै चार गुना मतान्तरका साथ अग्रता लिनुभएको छ ।

निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार सुनिताले गठबन्धनका उम्मेदवार भन्दा झण्डै चार गुना मत पाउनु भएको हो ।हालसम्म १७ हजार ८ सय ८ मत गनणा हुँद्या उपमेयरमा डंगोलले ६ हजार ५ सय ५७ मत पाउनु भएको छ । यो मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले पाएको भन्दा १ सय ५९ मत बढी हो । बालेनले मेयरमा ६ हजार ३ सय ९८ मत ल्याउनु भएको छ ।

एमाले उम्मेदवार सुनिताले उपमेयरमा ६५ सय ५७ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका रामेश्वर डंगोलले केवल १८५५ मत ल्याउनु भएको छ । श्रेष्ठको यो मत डंगोलले पाएको भन्दा ४७ सय २ मतले कम हो । उपमेयरमा तेस्रोमा राप्रपा उम्मेदवार रहेका छन । राप्रपाको १३ सय ७८ मत रहेको छ ।