जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार २१:४६

लोकतन्त्र बचाउन कांग्रेसले च्यात्यो मतपत्र


ओखलढुंगा, जेठ २ । ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिसंखुगढी गाउँपालिका ३ को गणनाको क्रममा वडाअध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्नेक्रममा कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेका हुन ।

कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले जानकारी दिनुभयो । उहाँले घटनाको थप अनुसन्धान गरिरहेको बताउनु भयो ।

चिसंखुगढीमा माओवादी र कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडानम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना थालिएको थियो । सोही क्रममा मतपत्र च्यातिएको हो ।