बैतडी, जेठ २ । बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मरबहादुर कुँवर निर्वाचित हुनुभएको छ। उहाँले २ हजार ३५० मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र विष्टले २३ सय २४ मत पाउनुएको छ। उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मञ्जु बोहरा २ हजार १३२ मत ल्याएर विजयी हुनुभएको छ । राप्रपाका देवबहादुर चन्दलाई पराजित गर्दै बोहरा विजयी हुनुभएको हो । सुर्नयामा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए भने एकीकृत समाजवादी र माओवादी केन्द्रले पनि चुनावी तालमेल गरेका थिए । कांग्रेस एक्लै चुनावमा गएको थियो । गएको स्थानीय तहको निर्वाचनमा सुर्नयामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेको थियो ।
बैतडीको सुर्नयामा एमालेका कुँवर विजयी














प्रतिक्रिया दिनुहोस्