बैतडी, जेठ २ । दार्चुलाको नौ स्थानीय तहमै कांग्रेस क्लिनस्वीप भएको छ । दार्चुलाको नौ वटै स्थानीय तहमा सत्ता गठबन्धन माओबादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसले यसअघि आफूले जितेको नगरपालिकासमेत गुमाएको छ । कांगे्रसले ०७४ मा जितहात पारेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका, दुँहु गाउँपाालिका, माालिकार्जुन गाउँपालिका र ब्यास गाउँपालिकासमेत गुमाएको हो । दुबै नगरपालिकामा माओवादीको उम्मेदवार थिएनन् । मेयर र उप–मेयर दुबैमा कांग्रेलले उम्मेदवारी दिएका थियो।
दुबै नगरपालिकासहित तीन वटा गाउँपालिकामै एमालेले जितेको छ । महाकालीमा कांग्रेसका हंसराज भट्टलाई हराउँदै एमालेका नरसिंह चैसिर विजयी हुनुभएको छ । भट्टले ३ हजार ८८७ मत ल्याएका पाउनुभएको थियो भने चैंसेरले ५ हजार ३ मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै शैल्यशिखर नगरपालिकामा कांग्रेसका अमर सिंह धामीलाई हराउँदै एमालेका विजय धामीले नगरप्रमुखमा जित हात पार्नुभएको छ । कांग्रेसका अमर धामीले ४ हजार ६६२ मत पाउनुएको थियो । एमालेका विजय धामीले भने एकहजार बढी ५ हजार ५०९ मत ल्याएर विजयी हुनुभएको छ ।
कांग्रेसबाट हार्ने दुबै निवर्तमान मेयर हुन् । नगरपालिका बाहेक एमालेले मालिकार्जुन गाउँपालिकामासमेत जीतहात पारेको छ । मालिकार्जुनमा एमालेका हिरा धामी विजयी हुनुभएको छ । यसअघि कांग्रेसलेनै जितेको उक्त गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र धामी पराजीत हुनुभएको हो । त्यस्तै दुहुँ गाउँपालिकामा पनि एमालेले जित हात पारेको छ । एमालेका नरेन्द्र बडाल बिजयी हुनुभएको छ । उहाँले नेपाली काग्रेसका निवर्तमान अध्यक्ष पुलेन्द्र कार्कीलाइ पराजित गर्नुभएको छ । ब्यास गाउँपालिकामा मगल सिह धामी बिजयी हुनुभएको हो। उहाँले निवर्तमान पालिका अध्यक्ष नेपाली काग्रेसका दिलिप बुढाथोकीलाइ पराजित गर्नुभएको हो।
गठबन्धनबाट चार पालिका प्रमुख पाएको माओवादी केन्द्रले भने चारवटै पालिकामा जित हात पारेको छ ।













प्रतिक्रिया दिनुहोस्