जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलबार ०६:४५

नेकपा एमालेले मंगलबार मदन भण्डारी र जीवराज आश्रितको २९औं स्मृति दिवस मनाउँदै


काठमाडौं ,३जेठ ।नेकपा एमालेले मंगलबार मदन भण्डारी र जीवराज आश्रितको २९औं स्मृति दिवस मनाउँदैछ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ।दिवसका अवसरमा मंगलबार बिहान ८ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा हुने श्रद्धाञ्जली सभामा सहभागी हुँने बताईएको छ।