जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार ०८:१८

अर्घाखाँचीको मालारानीमा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी


अर्घाखाँची, ३ जेठ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दलबहादुर भट्टराई ८ हजार २ सय ८३ मतका साथ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वि नेकपा माओवादीका पदम क्षेत्रीलाई हराउँदै भट्टराई विजयी हुनुभएको हो । क्षेत्रीले ६ हजार ७ सय २६ मत प्राप्त गर्नुभएको हो ।

उपाध्यक्षमा एमालेकै दीपा पोख्रेल विजयी हुनुभएको छ। उहाँले ८ हजार १ सय ५५ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शोभाखर खनालले ६ हजार ६ सय ५७ मत प्राप्त गर्नुभएको छ ।