काठमाडौं, जेठ ३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई २८२३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईले २१६२ मत प्राप्त गर्नूभएको छ । उपाध्यक्षमा एमालेकै अरुणा थापा विजयी हुनुभएको छ । उहाँ ले २३३३ मत प्राप्त गर्दा कांग्रेसकी रमा कुटवालले २३१२ मत पाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्