जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार ०८:५९

एमालेका देवकुमारले जिते बागलुङ ढोरपाटनको मेयर


काठमाडौं, ३ जेठ । बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार देवकुमार नेपाली निर्वाचित हुनुभएको छ । उहाँले ५७३५ मत ल्याउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रलाल अर्याल पराजित हुनुभएको छ । उहाँले ५१३५ मत मात्रै पाउनुभएको छ । यस्तै उपमेयरमा नेपाली कांग्रेसका धनबहादुर कायत विजयी हुनुभएको छ उहाँल ५६५० मत ल्याउनुभएको छ। उपमेयरमा एमालेका उम्मेदवार ताराकुमारी पुन ४८८४ मतसहित पराजित भएका छन्।