जनता टाइम्स

१३ भाद्र २०७५, बुधबार १२:०८

सल्यानमा घर भत्किँदा एकै परिवारका ५ को मृत्यु, एक बालिका बाँच्न सफल


सल्यानमा वर्षाका कारण घर भत्किँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ। सुतिरहेका बेला मंगलबार राति घर भत्किँदा सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ सेतीगुराँसमा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। सल्यान प्रहरीका अनुसार घरले थिचेर ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला, ६ वर्षीया छोरी गङ्गा, ५ वर्षीया छोरी प्रमिला र ४ वर्षीय छोरा रुपलालको मृत्यु भएको हाे। उनका एक छोरी भने जिवितै जिवितै उद्धार गरिएको छ। उनकी ११ वर्षीया छोरी सुनिताकाे भने जीवितै उद्धार गरिएको छ। उनकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ। उनीहरू सुतिरहेका बेला राति साढे ९ बजेतिर घर भत्किएको थियो।