जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १२:३०

कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा एमालेका विष्णु केसी बिजयी


पोखरा, जेठ ३ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतले पछि पार्दै एमाले उम्मेदवार केसी अध्यक्षमा विजयी हुनुभएको हो ।

केसीले ६ हजार ७ सय २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार युवराज कुवँरले ५ हजार ९ सय ५९ मत प्राप्त गर्नुभयो । कुँवर निवर्तमान गाउँँपालिका अध्यक्ष समेत हुनुहुन्छ ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी खीमकुमारी गुरुङले ६ हजार १ सय १४ मत प्राप्त गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो ।