जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १५:२४

बडिमालिकाको नेतृत्व पत्रकारको हातमा, मेयर-उपमेयरमा अमर खडका र नन्दा थापा बिजयी


बाजुरा, जेठ ३ । बाजुराको बडिमालिका नगरपालिकामा एमालेले जीत हासिल गरेको छ । यस नगरपालिकामा पत्रकारिता त्यागेर राजनीतिमा होमिएका एमाले उम्मेदवार अमर खडका मेयर र नन्दा थापा उपमेयरमा बिजयी हुनुभएको हो ।

मेयर र उपमेयरमा बिजयी खडका र थापा दुवै प्रेस चौतारी नेपालका नेता हुनुहुन्छ । उहाँहरु स्थानीय तह निर्वाचनमा एमालेले उम्मेदवार बनाउने निर्णय गरेसँगै पत्रकारिताबाट बिदा लिएर चुनावा होमिनु भएको थियो ।

मेयरमा निर्वाचित खडका केही समयदेखि पत्रकारिता भन्दा राजनीतिमा सक्रिय हुनुभएको थियो । बडिमालिका नगरपालिकामा ९ मध्ये ७ ओटा वडामा एमालेले अध्यक्ष जितेको छ ।