काठमाडौं, जेठ ३ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई जडताबाट सृजनशीलता तर्फ अघि बढाउन आवश्यक रहेको बताउनु भएको छ ।
मदन–आश्रित स्मृति दिवसको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रमका बोल्दै पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले अहिलेको गठबन्धनले मुलुकलाई प्रतिगामी दिशातर्फ लैजान उन्मुख भएको समेत बताउनु भयो ।
‘अहिलेको गठबन्धन मुलुकलाई अधोगतिमा लैजान उद्धत रहेको छ, प्रतिगामी दिशातर्फ लैजान उद्धत देखिन्छ,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो । एमाले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनु पर्ने चुनौती आएको स्वीकारोक्ति पनि उहाँले गर्नुभयो । ‘पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनु पर्ने चुनौती आएको छ, त्यो काम एमालेले गर्ने छ,’ पोखरेलको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्