जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार २०:५५

गठबन्धन पराजित गर्दै प्युठानको नौबहिनीमा एमाले उम्मेदवार विजयी


प्यूठान, जेठ ३ । प्युठानको नौबहिनी गाउँपालिकामा गठबन्धन पराजित गर्दै नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन । अध्यक्षमा नेकपा एमालेका उम्मेदवार डिलाराम थापा विजयी ६ हजार ५ सय ३७ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।

थापाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शिवराज रिजालले ५ हजार ६६२ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकी बिष्णा थापा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका धनबहादुर बुढालाई पराजित गर्नुभएको हो ।

उपाध्यक्षमा विजयी थापाले ६ हजार ३०४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी माओवादीका बुढाले ५ हजार ६०७ मत पाउनु भएको छ ।