जाजरकोट, जेठ ३ । जाजरकोटको भेरी नगरपालिकाको मेयरमा नेकपा एमालेका चन्द्रप्रकाश घर्ती (सीपी) पुनः निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै युवा नेता घर्ती पुनः मेयरमा निर्वाचित हुनुभएको हो ।
गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका गगनबहादुर खड्कालाई ८७९ मतान्तरले पराजित गर्दै घर्ती मेयरमा निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । घर्तीले ४८४२ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गगनबहादुर खड्काले ३९६३ मत पाउनु भएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३५५९ मत ल्याउनु भएको छ । एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा थियो ।
उपमेयरमा भने गठबन्धनकी उम्मेदवार कांग्रेसकी सीता जैशी निर्वाचित हुनुभएको छ । उहाँले ५९८५ मत पाउनु भएको छ भने प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५१७२ मत ल्याउनु भएको छ । नगर प्रमुखमा निर्वाचित घर्ती २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक मतले विजयी हुनुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्