रामेछाप, ४ जेठ । रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ ।
सुनुवारले ३ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गर्नुभएको छ ।त्यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी गङ्गा कार्कीले २ हजार ८ सय ३४ मत प्राप्त गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्