जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार ०९:०९

काठमाडौं महानगरको वडा नम्बर ३ मा पनि एमालेको प्यानलै विजयी


काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित हुनुभएको छ। उहाँले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी पाउनुभएको छ । थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गर्नुभयो ।

यो वडाबाट मेयरमा बालेन शाहलाई २३१९ भोट गयो भने एमालेका स्थापितले १२४१ भोट पाउनुभयो। त्यस्तै कांग्रेसकी सिर्जनासिंहले ११४२ भोट पाउनुभयो । काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका चारवटै वडामा एमालेले जित निकालेको छ । अहिले काठमाडौंका ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।