जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार ०९:४५

मोरङको केराबारी गाउँपालिकामा एमालेको सानदार जीत, अध्यक्षमा सुमन र उपाध्यक्षमा मनमाया निर्वाचित


मोरङ, जेठ ४ । मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले उम्मेदवार बिजयी बनेका छन । सो गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित हुनुभएको हो ।

एमाले उम्मेदवार सुमनले कांग्रेसबाट निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीलाई १ हजार ४ सय २० मतको अन्तरले पराजित गर्नुभएको छ । केराबारी गाउँपालिकाका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेका अनुसार अध्यक्षमा सुमनले ७ हजार ८ सय १० मत र मनमायाले उपाध्यक्षमा ६ हजार ४ सय २८ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका कार्कीले ६ हजार ३ सय ९० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी हुनुभयो । १० वडा रहेको केराबारीमा कांग्रेसले वडा नम्बरहरू ४, ८ र ९, माओवादी केन्द्रले वडा नम्बर ६ र एमालेले नम्बरहरू १, २, ३, ५, ७ र १० को अध्यक्ष जितेका छन् ।