जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार ११:४६

सिन्धुलीको फिक्कलमा एमालेसँग सत्ता गठबन्धन पराजीत, अध्यक्षमा पार्वती सुनुवार विजयी


सिन्धुली, जेठ ४ । सत्ता गठबन्धनलाई परास्त गर्दै सिन्धुलीको फिक्कल गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवैमा बिजय हालिल गरेको छ । भर्खरै सकिएको मतगणना परिणामअनुसार अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी हुनुभएको छ ।

उहाँ यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षका उम्मेदवार राजु बराल पनि निर्वाचित हुनुभएको छ । फिक्कलमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको थियो ।