जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार १३:४२

विजय जुलुसमा हिँडेको मिनी ट्रक दुर्घटना, ६ जना गम्भीर


भैरहवा, ४ जेठ । रुपन्देहीको सिद्धार्थनगर–१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो । मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिनुभयो ।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाको यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर–१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी हुनुभएको छ । उहाँ एक हजार एक मत ल्याएर विजयी बन्नुभएको हो ।