जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार १४:१८

मेयर पछाडि पर्दा तीन महानगरको उपमेयरमा एमालेको फराकिलो अग्रता, यस्तो छ सुनिता–सिल्पा र मञ्जलीको मत


काठमाडौं, जेठ ४ । काठमाडौंसहित मुलुकको ६ ओटै महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार पछि पर्दा तीन महानगरमा उपमेयरका उम्मेदवारले भने फराकिलो अग्रता कायम गरेका छन ।

काठमाडौं महानगरकी सुनिता डंगोल, बिराटनगरकी शिल्पा निराला कार्की र ललितपुरकी मञ्जली शाक्यले फराकिलो अग्रता लिनुभएको हो ।स्थानीय तह निर्वाचनको मतगणना कार्य जारी रहँदा यी तीन जना उपमेयरका उम्मेदवारले सुरुदेखि नै अग्रता लिनुभएको हो । छ ।

बुधबार मध्यान्ह १२ बजेसम्मको मतपरिणाम सार्वजनिक हुँदा सुनिता, शिल्पा र मञ्जलीले फराकिलो अग्रता कायम गर्न सफल हुनुभएको हो ।

काठमाडौं महानगरमा उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले प्रतिस्पर्धी भन्दा तेब्बर मतअन्तरले अग्रता लिनुभएको छ । डंगोलले १५ हजार ६ सय ७३ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत मात्रै प्राप्त गरेका छन ।

यस्तै ललितपुरको उपमेयरमा पनि एमालेकै उम्मेदवार मञ्जली शाक्यले अग्रता लिनुभएको छ । मञ्जलीले ५९ सय ८३ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराज आचार्यले ४५ सय ६६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै बिराटनगरमा शिल्पाले अग्रता लिनुभएको छ । शिल्पाले १० हजार ४ सय २६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमेन्द्र यादवले ६ हजार ३ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

महानगरमा मेयरमा भने एमालेका सवै उम्मेदवार पछि परेका छन । उपमेयरमा पोखरा, वीरगंज, भरतपुरमा कांग्रेसले अग्रता लिएको छ ।