लमजुङ ४ जेठ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मध्यनेपाल मेयरमा एमालेलाई पराजित गर्दै गठबन्धनका कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन् । उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित हुनुभएको छ ।
मेयरमा निर्वाचित कांग्रेसका पाण्डेले ६ हजार ५५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गर्नुभएको छ । यसैगरी, नगरपालिकाको उपमेयरमा एमालेकी सीता गुरुङ विजयी हुनुभएको छ । उहाँले ६ हजार ४ सय ७६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५ मत प्राप्त गर्नुभयो ।
यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका पाण्डे पुनः दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । मध्यनेपालमा २०७४ को स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो । २०७४ मा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।













प्रतिक्रिया दिनुहोस्