जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार १५:३०

गगन थापाको आधार क्षेत्र बूढानीलकण्ठमा एमालेको जीत, मेयर-उपमेयरसहित १३ मध्ये १० वडामा बिजयी


काठमाडौं, जेठ ४ । बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वार्ड नेकपा एमालेले जितेको छ ।

मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिनु परेको छ । उहाँहरू बीचको मत अन्तर २७३८ छ ।

उपाध्यक्षमा पनि एमालेकी अनिता लामा विजयी हुनुभएको छ । लामाले १४ हजार ३ सय १४ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले जितेका छन । बूढानीलकण्ठ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आधार क्षेत्र हो ।