जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार १५:५४

सत्ता गठबन्धनलाई पराजित गर्दै जाजरकोट बारेकोटको अध्यक्षमा एमालेका वीरबहादुर गिरी निर्वाचित


जाजरकोट, जेठ ४ । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) का वीरबहादुर गिरी निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा विजयी हुनुभएको हो ।

नेकपा एमाले जाजरकोटका सचिव गिरी प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत हुनुहुंछ । गिरीले ३९५४ मत ल्याएर निर्वाचित हुदा प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर शाहले ३८४५ मत पाउनु भएको छ ।

उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी निर्वाचित भएको छ ।उहाँले  ३६६३ मत ल्याएर विजेता बन्दा प्रतिस्पर्धी एमालेकी गीता सिंहले ३४०१ मत पाउनु भएको छ ।

बारेकोटमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित हुनुभएको थियो ।

बारेकोट गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । एमालेले एक्लै निर्वाचनमा सहभागी भएको हो ।