फिदिम, जेठ ४ । पाँचथरको याङवरक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएको छ। अध्यक्षमा भीमबहादुर योङ्या र उपाध्यक्षमा बाबा मेनेङ्बो निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार भीमबाहादुरले निकटतम प्रतिद्वन्दवी नेपाली कांग्रेसका मबिन्द्र योङ्लाई ८० मतले पराजित गर्नु भएको हो। भीमबहादुरले ४ हजार ११८ मत प्राप्त गर्दा मबिन्द्रले ४ हजार ३८ मत प्राप्त गर्नु भएको छ ।
बाबाले उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुन बेघालाई ३१९ मतले गर्नु भएको हो । बावाले ३ हजार ९९८ मत प्राप्त गर्दा अर्जुनले ३ हजार ६७९ मत प्राप्त गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्