जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार २०:०३

सन्धिखर्कमा पाँच दलीय गठबन्धन पराजित, मेयर-उपमेयर दुवैमा एमाले उम्मेदवार बिजयी


अर्घाखाँची, जेठ ४ । अर्घाखाँची जिल्लाका बहुसंख्यक पालिकामा विजय हासिल गरेको नेकपा एमालेले सन्धिखर्क नगरपालिकामा समेत विजय हासिल गरेको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको सन्धिखर्कमा एमालेका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनकी उम्मेदवार शान्ता भण्डारीलाई एक हजार ७ सय ८१ मतान्तरले पराजित गर्नुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले जितेको उक्त नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका कमल भुसाल र उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विश्वकर्मा हुनुहुन्थ्यो ।

यसपटकको निर्वाचनमा सन्धिखर्कका बहुसंख्यक वडासहित प्रमुखरउपप्रमुख दुवै पद नेकपा एमालेले हात पारेको हो । नगरप्रमुखमा श्रेष्ठले ११ हजार ३९६ मत पाएर विजयी हुँदा उपप्रमुख पदमा मिश्रा आचार्य ९ हजार ८७५ मत पाएर विजयी बन्नुभएको छ ।

गठबन्धनको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी नेपाली कांग्रेसकी नेतृ शान्ता भण्डारीले ९ हजार ६ सय ३५ मत पाउनु भयो भने उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका राजेन्द्र भुसालले ९ हजार १ सय ६८ मतमा चित्त बुझाउनु पर्यो ।