वीरगन्ज, जेठ ४। पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरी निर्वाचित हुनुभएको हो ।
मेयरमा निर्वाचित पाठकले ६ हजार ६२४ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ७३३ मत पाउनु भयो ।
यसैगरी उपमेयरमा निर्वाचित चौधरीले ७ हजार ६१६ मत पाउनु भयो । नेपाली कांग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत ल्याउनु भयो । यसअघि यो नगरपालिकामा पाठक पराजित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्