भक्तपुर, जेठ ४ । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको बताउनु भएको छ । बस्नेतले एमालेप्रतिको वितृष्णाले नभई मदन सुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको प्रष्ट पार्नुभएको हो ।
बस्नेतले भन्नुभयो, ‘यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्न सक्छ, तर यही नै वास्तविकता हो। मैले त उम्मेदबारी दिंदा नै मदनसुन्दरलाई नदोहोर्याऔं, बरु प्रदेश सभामा पछि उठनुस् भनेका थिएँ, मनदसुन्दरले जिद्दी गर्नुभयो ।’
यसैको परिणाम एमालले हार व्यहोर्नु पर्यो ।
मध्यपुर थिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्