जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार २०:३८

गठबन्धन गर्दा पनि कांग्रेसले जोगाउन सकेन विरासत, चौदण्डीगढीमा एमालेका कालुमान र मणिकादेवी बिजयी


गाईघाट, जेठ ४ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलाल निर्वाचित हुनुभएको छ । यसअघि कांग्रेसले जितेको नगरपालिकामा यस पटक गठबन्धनलाई एमालेले परास्त गरेको हो ।

लामाले ८५१ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र राईलाई पराजित गर्नुभयो । उहाँले ८ हजार ८६३ मत ल्याउँदा राईले ८ हजार १२ मत पाउनुभएको छ ।

यसैगरी उपमेयरमा निर्वाचित दुलालले ९ हजार ५६६ मत ल्याउँदा उहाँकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी रिताकुमारी चौधरीले ७ हजार ७६० मत ल्याउनु भएको छ ।