जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार २३:२०

सत्ता गठबन्धनलाई धक्का दिंदै रौतहटको मौलापुरमा एमालेकि रिनाकुमारी दोब्बर मतले विजयी


कोल्हवी, जेठ ४ । मधेस प्रदेशमै चर्चाको केन्द्रमा रहेको रौतहटको मौलापुर नगरपालिकाकि लोकप्रिय निबर्तमान मेयर तथा एमालेको उमेदवार रिना कुमारी साहको कार्यकुसल्ताले एकपटक फ़ेरि सतागठबन्धन लाई ठुलो धक्का लागेको छ । गठबन्धनका उमेदवारलाई पछिपार्दै मेयर पदको उमेदवार रिना कुमारी साह निर्वाचित हुन सफल हुनुभएको छ ।

उहाँलाई पराजित गर्न केहि समय अघि माओवादी अध्यक्ष प्रचण्डले छिमेकी पालिका कटहरियामा संबोधन गर्नुभएको थियो । मौनअवधी सुरुहुनु एकदिन अघिमात्र उहाँलाई लक्षित गरेर एकैदिन नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले मौलापुर नगरक्षेत्रमा चुनावी सभालाई संवोधन गर्नुभएको थियो । तर पहिलो कार्यकालमा विकास निर्माणका साथै महिला, बालबालिकाको क्षेत्रमा रिना कुमारी साहले पुर्याएको योगदानबाट उनको लोकप्रियता झन्झन् बढेको छ । चुनावी कार्यक्रम तथा घरदैलोमा उहँको साथमा सयौं महिला तथा बालिकाहरुको समूह देखेर जो कोहिले पनि लोकप्रियता बारे सहजै अनुमान गरेको थियो ।

एमाले स्थायी समिति सदस्य प्रभु साहकी श्रीमती तथा मौलापुरकी निबर्तमान मेयर रिना साहले नेपाली कांग्रेस, माओबादी,र जसपा गठबन्धनको उम्मेदवारलाई पछिपार्दै विजयी हुनुभएको छ । वडा नम्बर एक, र ६ बाहेक ७ वटै वडामा एमालेका वडा अध्यक्ष विजयी भएका छन । निबर्तमान मेयर साहले कुल ५५५६मत प्राप्त गरेर विजयी हुनुभएको हो । एमालेका उपमेयर उममेदवार नागेन्द्र यादवले ४५ सय २ मत प्राप्त गर्नुभएको छ । गठबन्धन बाट मेयर पदका उमेदवार यादवले २९ सय ७५ उपमेयर प्राप्त गर्दा रिना देविले ३१सय मत प्राप्त गर्नुभएको छ।