जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार ०८:०१

पर्साको पोखरिया नगरपालिकामा एमालेका चौहान विजयी


वीरगन्ज , ५ जेठ ।  पर्साको पोखरिया नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा प्रदुमनप्रसाद चौहानले कांग्रेसका दीपनारायण रौनियारलाई २ हजार ४ सर ३३ मतान्तरले पराजित गर्नुभएको हो । संविधानसभा सदस्यसमेत रहेका चौहानले ५ हजार ५५४ मत पाउनुभएको छ ।
पोखरियाका निवर्तमान मेयरसमेत रहेका रौनियारले ३ हजार १ सय २१ मत पाउनुभयो । उप्रमुखमा एमालेकी रुवी ठाकुरले कांग्रेसकी रेहाना खातुनलाई १ हजार २ सय ६६ मतान्तरले पराजित गर्नुभएको हो । ठाकुरले ५ हजार १ सय ९५ मत पाउनुभएको छ भने खातुनले ३ हजार ९ सय २९ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको पोखरिया नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र नेपाल सुशासन पार्टीले एउटा वडाध्यक्ष जितेका छन् ।