जनकपुरधाम, ५ जेठ । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।मेयरमा एमालेका भोलाप्रसाद पोखरेल विजयी हुनुभएको हो । उहाँले ३ हजर ८३९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी जसपाका केशवप्रसाद साहले ३ हजर २२३ मत पाउनुभएको छ । निवर्तमान मेयर समेत रहेका नेकपा माओवादीका उम्मेदवार गंगा पासवानले २ हजार ४८२ मत पाएर तेस्रो स्थानमा रहनुभयो । यस्तै उपमेयरमा जसपाकी लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ ३ हजार ४८७ मत ल्याउदा निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी निर्मला पासवानले ३ हजार ९५ मत पाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्