जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार ०९:११

कपिलवस्तुको बाणगंगामा एमाले विजयी, अर्याल बने मेयर


कपिलवस्तु, ५ जेठ। कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी हुनुभएको छ ।एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जित्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गर्नुभयो ।

दुबै बीच ६ सय ३९ मतको अन्तर छ । त्यसैगरी उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव जित्नुभयो। उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गर्नुभयो । वाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ । कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ ।