जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १८:१६

विजयी घोषणापछि भेटिएको मतपेटिका गणना गर्दा बरावरी मत, भोज खुवाएका माओवादी उम्मेदवार तनावमा


महोत्तरी, जेठ ५ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ मा बिजयी घोषणा भइसकेपछि भेटिएको मतपेटिकाको मत गनणा गर्दा दुवै उम्मेदवारको मत बरावरी भएको छ । सो वडामा एउटा मतपेटिका चुनावी परिणाम सार्वजनिक भएको ३ दिनपछि फेला परेपछि गणना गरिएको हो ।

सो मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं लामा ७ सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएको घोषणा निर्वाचन कार्यालयले गरेको थियो। लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गर्नुभएको थियो । लामा त्यसपछि आफ्नो आफ्नो वडा रहेको क्षेत्र हात्तिलेटमा विजयी जुलुस लगाउनेसहितको कार्यक्रम आयोजना गर्नुभएको थियो ।

तर छुटेको अर्को मतपेटिकाको जेठ ४ गते खोजी भयो । सो मतपेटिकामा ८४ वटा मत गन्दा लामा र किङरिङको मत बराबरी आएको छ । अहिले दुवै उम्मेदवारको मत ७ सय ६६ भएको छ। अहिले मतको रुजु हुने काम भैरहेको छ ।

निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले राजनीतिक दल तथा कर्मचारीहरुले ध्यान नदिँदा समस्या आएको बताउनु भयो।