जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार २१:११

उर्लाबारीमा एमालेले लियो कांग्रेससँग बदला : भारीमतका साथ मेयर-उपमेयर दुबै पदमा विजय


विराटनगर, ५ जेठ । नेकपा एमालेले मोरङको उर्लाबारी नगरपालिकामा विजय हासिल गरेको छ । यसअघि भोगेको पराजयको बदला लिँदै एमाले मेयर र उपमेयर दुवै पदमा जित निकालेको हो ।करिब २ सय मत गन्न बाँकी रहँदा एमालेका गंगा खरेलले १० हजार ९४९ मतले अग्रता लिएपछि निवर्तमान मेयर खड्गा फागोले हार स्वीकार गर्नुभएको छ।

उहाँले ८ हजार ९४१ मत पाउनुभएको छ । ९ नम्बर वडाका २ सय मत गन्न बाँकी रहँदा उपमेयरमा पनि एमालेकै मिना पौडेल विजयी हुनुभएको छ ।